नेपालले जित्याे त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि • Nepal's Trusted Digital Newspaperनेपालले जित्याे त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालले जित्याे त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि

नेपालले जित्याे त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
नेपालले जित्याे त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ ।  नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गर्नुभएका दीपेन्द्रले बलिङमा ४ विकेट लिनुभयाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका