थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ४२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaperथप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ४२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ४२ जना संक्रिय संक्रमित

थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ४२ जना संक्रिय संक्रमित

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ४२ जना संक्रिय संक्रमित

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार १ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८९ जना कोरोनाबाट निको भएका छन् भने हाल ८ सय ४२ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६० हजार ७२  जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार ५९ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका