सुचना प्रविधिमा याे साता:- एलन मस्कले आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै देखी गुगलकाे निर्णय सम्म • Nepal's Trusted Digital Newspaperसुचना प्रविधिमा याे साता:- एलन मस्कले आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै देखी गुगलकाे निर्णय सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुचना प्रविधिमा याे साता:- एलन मस्कले आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै देखी गुगलकाे निर्णय सम्म

सुचना प्रविधिमा याे साता:- एलन मस्कले आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै देखी गुगलकाे निर्णय सम्म

  • समाचारपाटी
  • मङ्लबार, चैत्र २२, २०७८
सुचना प्रविधिमा याे साता:- एलन मस्कले आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै देखी गुगलकाे निर्णय सम्म

alan

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गर्नुभएकाे छ । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ ।

केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गर्नुभएकाे हाे ।

मस्कको उक्त ट्वीटपछि उहाँका साथी प्रनय प्याथोलले सोधेका छन्- के तपाईं वाक स्वतन्त्रतालाई प्राथमिकता दिने र निकै कम प्रोपोगाण्डा फैलाउने एक प्लाटर्फम सुरुवात गर्दै हुनुहुन्छ ? सो प्रश्नको जवाफमा मस्कले आफूले यो विषयमा गम्भीर रहेको बताउनुभएकाे छ ।

पछिल्ला दिनमा मस्कले ट्वीटरको एल्गोरिदमको आलोचना गर्नुभएकाे थियाे । एलन मस्कका अनुसार कामयावी प्रजातन्त्रका लागि वाक स्वतन्त्रता आवश्यक छ ।

उहाँले गतहप्ता एउटा मत सर्भेक्षण पनि गर्नुभएकाे थियाे ट्वीटरमा जसमा ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पूर्णपालना गर्छ कि गर्दैन भनेर सोधिएकाे थियो । उक्त सर्भेक्षणमा २० लाख भन्दा धेरैले भोट गरेकोमा ७० प्रतिशतले ट्वीटरले वाक स्वतन्त्रता सिद्धान्तको पूर्ण पालना नगरेको बताउनुभएकाे थियाे ।

एलन मस्कको उक्त ट्वीटसँगै उहाँले आफ्नै नयाँ सोसल मिडिया सुरु गर्ने चर्चा परिचर्चा सुरु भएको छ । कतिपयले त मस्कको सोसल मिडियाको नाम पनि जुराइसकेका छन् ।

कतिपयले त मस्कले ट्वीटर नै खरिद गरिदिनुपर्ने बताएका छन् । ट्वीटर र अनय सोसल मिडिया प्लाटर्फमको एल्गोरिदमका विषयमा यसअघि पनि आलोचना हुने गरेको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नै सोसल मिडिया प्लाटर्फम ट्रुथ सोसल सुरु गर्नुभएकाे छ ।

gogle

यस्ता वेबसाइट, एप र युट्युबमा रोकिँदैछ गुगल विज्ञापन

अल्फाबेट कम्पनी स्वामित्वको गुगलले युक्रेनमाथि भैरहेको रुसी आक्रमणलाई नजरअन्दाज गर्ने, रुसी हिंसाको यथार्थलाई ढाकछोप गर्ने तथा दुरुपयोग गर्ने सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने वेबसाइट, एप र युट्युब च्यानललाई विज्ञापन नदिने भएको छ ।

प्रकाशकहरुलाई विज्ञापनमार्फत् आम्दानीको लागि सहयोग गर्ने गरेको गुगलले युक्रेनमा व्याप्त दर्दनाक घटनाहरुलाई नजरअन्दाज गर्ने वा अस्विकार गर्ने तथा हिंसालाई मलजल गर्ने सामाग्रीहरु प्रकाशन गर्ने एप, साइट तथा युट्युब च्यानललाई विज्ञापन दिन बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

युद्धको अवस्थामा लागू हुने नीति कार्यान्वयन गर्ने गुगलले यस्तो निर्णय गरेको हो । गुगलका प्रवक्ता माइकल एसिम्यान भन्नुहुन्छ : हामीले केही हदसम्म युक्रेन युद्धसँग सम्बन्धित मौद्रिकीकरण निर्देशिकालाई विस्तार गर्ने तथा थप प्रष्ट पार्ने काम गर्दैछौँ ।

गुगलको नयाँ नीति अनुसार अब युक्रेनमा पीडित जनताहरु नै वर्तमान संकटको लागि जिम्मेवार छन् भन्ने जस्ता पीडितलाई नै दोष थोपर्ने खाले सामाग्रीका साथै युक्रेनले आफ्ना जनतामाथि नरसंहार गरिरहेको छ, नागरिकमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको छ भन्ने खालका दाबीयुक्त सामाग्री प्रकाशन तथा प्रशारण गर्ने युट्युब च्यानल, साइट र एपहरुमा आफ्ना विज्ञापन प्रकाशन गर्नेछैन ।

साथै आफ्नो लाभका लागि संवेदनशील तथा हिंसाजन्य घटनालाई भजाउने खालका सामाग्रीमा पनि गुगलले विज्ञापन दिनेछैन ।

स्मरण रहोस् पश्चिमा मिडियाहरुले युक्रेनका बारेमा गलत समाचार प्रशारण गरिरहेको रुसको आरोप छ । युक्रेनलाई निसस्त्रीकरण तथा सैन्यमुक्त बनाउनका लागि विशेष अभियान चलाएको रुसको दाबी छ ।

युक्रेनमा जारी रुसी आक्रमणका सम्बन्धमा फर्जी समाचारहरुलाई ठाउँ दिएको भन्दै रुसले बुधबार रुसमा गुगल न्यूज बन्द गरेको थियो ।

पश्चिमा मुलुकका धेरै विज्ञापन तथा सोसल मिडिया सर्भिसहरुले रुसमाथि विभिन्न खाले बन्देज लगाएका छन् ।

युरोपेली युनियनले रुसको सरकारी मिडिया आरटी र स्पुतनिकमाथि प्रतिबन्ध लगाएको छ भने गुगलले रुसमा आफ्नो अनलाइन विज्ञापन बिक्रि रोकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका