'सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ':-डा. शेखर कोईराला • Nepal's Trusted Digital Newspaper'सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ':-डा. शेखर कोईराला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ’:-डा. शेखर कोईराला

‘सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ’:-डा. शेखर कोईराला

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
‘सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ’:-डा. शेखर कोईराला

स्थानीय तहमा औचित्तता आबश्यकता अनुसार तालमेल गर्न काँग्रेस नेता डा कोईरालाको आग्रह

पोखरा  । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थानीय तहमा औचित्तता आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा सोमवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्तता आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

नेता कोईरालले जथाभावी टिकट वितरण गर्ने होईन सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले काँग्रेसको विधान अनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाहा गर्नुपर्ने बताउनुभयाे ।

काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कोईरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालीमा जस्तो तालमेल नगर्ने आग्रह गर्नुभयाे । उहाँले ०७४ को निर्वाचनमा माओवादी सँग गठबन्धन गरेका ठाँउमा काँग्रेसले हारेको तर माओवादीलाई काँग्रेसले जिताएको यथार्थता कार्यकर्ता माझ प्रस्तुत गर्नुभयाे ।

काँग्रेसका केन्द्रिय सदस्य नेता कोईरालाले नयाँ मतदातालाई ,रुख बाहेक अन्य चिन्हमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा काँग्रेसका लागी चुनौती हुदै गएको बताउनुभयाे ।

नेता कोईरालाले भन्नुभयाे, “पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् ,उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उहाँले थप्नुभयाे ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन,ब्यवस्थापन कसरी गर्ने । ”

यसै गरी काँग्रेस केन्द्रिय सदस्य मधु आर्चायले काँग्रेसको एजेन्डामा गएर अन्य दलहरुपनि चुनाव लडन तयार हुनु पर्ने बताउनुभयाे ।
काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले स्थानिय तहमा उत्साह दिने किसीमको उमेदवार सिफारीस हुनु पर्ने र त्यस्ताले टिकट पाउनु पर्ने बताउनुभयाे ।

सभापती शर्माले स्थानिय तहमा आवश्यकता अनुरुप मात्र तालमेल हुन सक्ने दावी गर्नुभयाे । नेता शर्माले घोषणा पत्रमा नैतिक शिक्षा, गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्यलाई समेटन जोड दिनुभयाे ।

कार्यक्रमा काँग्रेस नेता जगदिश नरसिंह केसी,गण्डकी प्रदेशका उपसभापती कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगाएतले स्थानिय तहको निवाचन र तालमेलका बारेमा धारण राख्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका