टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले एक हजार रन पूरा • Nepal's Trusted Digital Newspaperटी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले एक हजार रन पूरा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले एक हजार रन पूरा

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले एक हजार रन पूरा

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र सिंह ऐरीले एक हजार रन पूरा

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्नुभएकाे हाे । उहाँले १३ औं ओभरमा २१ रन जोडनुभएकाे थियाे ।

उहाँले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडनुभएकाे हाे । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गर्नुभएकाे छ ।

उहाँले यही श्रृंखलाबाटै पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडनुभएकाे थियाे । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाउनुभएकाे थियाे ।

दीपेन्द्रले श्रृंखलाको अन्तिम लिग खेलमा मलेसियाविरुद्ध अविजित शतक प्रहार गर्नुभएकाे थियाे । उहाँले मलेसिया विरुद्ध ११० रन प्रहार गर्नुभएकाे थियाे । जुन टी-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन हो ।

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुनुहुन्छ । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेलले शतक प्रहार गर्नुभएकाे थियाे ।

यस्तै दीपेन्द्र दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि पारसले दुवै फर्म्याटमा शतक प्रहार गर्नुभएकाे थियाे ।

यस्तै टी-२० मा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहेका अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४० खेलबाट ७४८ रन बनाउनुभएकाे थियाे ।

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने विश्वकै ७६औं खेलाडी बन्नुभएकाे छ । भारतका रोहित शर्माले सर्वाधिक ३ हजार ३१३ रन बनाउनुभएकाे छ ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका