‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस्' :-ईश्वर पोखरेल • Nepal's Trusted Digital Newspaper‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस्' :-ईश्वर पोखरेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस्’ :-ईश्वर पोखरेल

‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस्’ :-ईश्वर पोखरेल

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस्’ :-ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताउनुभएकाे छ ।

प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उहाँले भन्नुभयाे, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताउनुभयाे । यस्तो २०४८ सालदेखिकै अभ्यास भएको बताउँदै उहाँले भन्नुभयाे, ‘तर हामी गठबन्धनको हिसाबले जान्नौं ।’

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका