रुकुम पूर्वका विद्यालयहरूमा देखाइयो जनचेतनामूलक सडक नाटक ‘थकथकी’ • Nepal's Trusted Digital Newspaperरुकुम पूर्वका विद्यालयहरूमा देखाइयो जनचेतनामूलक सडक नाटक ‘थकथकी’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुकुम पूर्वका विद्यालयहरूमा देखाइयो जनचेतनामूलक सडक नाटक ‘थकथकी’

रुकुम पूर्वका विद्यालयहरूमा देखाइयो जनचेतनामूलक सडक नाटक ‘थकथकी’

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
रुकुम पूर्वका विद्यालयहरूमा देखाइयो जनचेतनामूलक सडक नाटक ‘थकथकी’

रुकुम पूर्वका विभिन्न विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ। नाटक रुकुम पूर्वका श्री महेन्द्र
उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो।

277543582 1123249088218525 1926386343707999215 n

पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरिएको नाटक पूर्खाजित राईले निर्देशन गर्नुभएकाे हाे ।

नाटकमा बालविवाहको असरबारे देखाइएको छ। नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पर्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपायहरू प्रस्तुत गरिएको पुर्खाजित राईले जानकारी दिनुभयाे ।

277457981 543776217472581 117870417055028211 n

नाटकमा सिग्नेचर, लुकामारी, मन्दिरा, घनचक्कर लगायत फिल्ममा अभिनय गरिसकेका जेबी डिसी, ज्योति राई, प्रिती पुन, मनप्रसाद विक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङले अभिनय गर्नुभएकाे छ।

277154985 1404199836683797 9100522538651361021 n

रुकुम पूर्वलगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लामा व्याप्त रहेको विवाहको प्रचलनलाई न्यूनिकरण गर्न यस्ता
खाले जनचेतनामूलक नाटक प्रभावकारी बन्न सक्ने कलाकार जेबी सिडीले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका