पुष्प र रिमा अभिनित ''मनको कुरा'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperपुष्प र रिमा अभिनित ''मनको कुरा'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पुष्प र रिमा अभिनित ”मनको कुरा” सार्वजनिक (भिडियो)

पुष्प र रिमा अभिनित ”मनको कुरा” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
पुष्प र रिमा अभिनित ”मनको कुरा” सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ”मनको कुरा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गर्नुभएकाे हाे।

म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गर्नुभएकाे हाे। भिडियोमा सुब्रिना चित्रकारको सम्पादन रहेको छ।

राजन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो। समिता रंजित श्रेष्ठ निर्मात्री रहेको यस भिडियोलाई हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गायक रंजितका यसअघि ”तिम्रो नशालु हेराई, ‘राम कसम’ लगायत दर्जनौ म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। भिडियोले दर्शक सोर्ताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

screenshot 8

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका