पाेखरा । प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध सहित ३ जना युवकलाइ पक्राउ गरेकाे छ ।
चैत्र १८ गते साझ ७ बजेकाे समयमा तनहुँबाट पोखरा तर्फ आउदै गरेको बसमा चेकजाँच गर्ने क्रममा जिल्ला कास्की पाेखरा महानगरपालिका वडा नं ३० पावरहाउस स्थित कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ जना यवकलाइ पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं १२ बस्ने २६ वर्षिय अमित शर्मा बढै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १३ बस्ने २६ वर्षिय गोपी लोनिया र २२ वर्षिय प्रदिप बानिया रहेकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
पक्राउ पर्ने युवकहरूकाे साथबाट डाईजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन–२०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागू औषध र १ थान मोबाईल फेला परेको हाे ।
युवकहरूलाइ सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी कार्यालयले जनाएकाे छ ।