प्रदेश १, बागमती, गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावना • Nepal's Trusted Digital Newspaperप्रदेश १, बागमती, गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश १, बागमती, गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावना

प्रदेश १, बागमती, गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावना

  • समाचारपाटी
  • सोमवार, चैत्र २१, २०७८
प्रदेश १, बागमती, गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावना

हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक देखि  सामान्य बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीमा भने  प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका