गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित) • Nepal's Trusted Digital Newspaperगाडी भाडा १५ प्रतिशतसम्म बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

सरकारले सार्वजनिक गाडीकाे भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको जनाएको छ ।

यस्तै मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ ।

अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्याेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका