‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं,:-शेखर कोइराला • Nepal's Trusted Digital Newspaper‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं,:-शेखर कोइराला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं,:-शेखर कोइराला

‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं,:-शेखर कोइराला

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं,:-शेखर कोइराला

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएकाे छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयाे ।

‘विकासका लागि पैसा छैन भन्छौं, भ्यूटावरमा अनावश्यक खर्च गरिरहेका छौं, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उहाँले भन्नुभयाे, ‘यस्तो काम रोकिनुपर्छ ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयाे, ‘चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।’

डा. कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताउनुभयाे । ‘देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ’ उहाँले भन्नुभयाे ।

डा. कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताउनुभयाे । ‘गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्’, उहाँले भन्नुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका