काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६६ जना कोरोनाबाट निको भएका छन् भने हाल ८ सय ९९ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३० हजार ४ सय ४८ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ६ हजार ९ सय ९ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।