काठमाडौं । नेपाल आयल निगमले पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले बताउनुभयाे ।
उपत्यकासहित देशैभरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको उहाँले बताउनुभयाे। ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भन्नुभयाे ।
काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताउनुभयाे । कुन ठाउँबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको उहाँले बताउनुभएकाे छ ।