'विश्व अटिजम सचेतना दिवस' इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो • Nepal's Trusted Digital Newspaper'विश्व अटिजम सचेतना दिवस' इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘विश्व अटिजम सचेतना दिवस’ इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो

‘विश्व अटिजम सचेतना दिवस’ इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
‘विश्व अटिजम सचेतना दिवस’ इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो

इटहरीमा  कार्यस्थलमा समावेशीकरण, महामारीपछिको संसारमा चुनौती र अवसरहरू नारा सहित विश्व अटिजम सचेतना दिवस मनाईएको छ । सोही अवसरमा देशभर विभिन्न सचेतना कार्यक्रम गरि मनाईएको छ ।  इटहरीमा रहेको भिन्न प्रतिभा बालबालिका हेरचाह समूहले बिहान १० बजे अटिजमबाट पिडित बालबालिका तथा उनीहरुका अभिभावक, थेरापिस्ट डाक्टर लगायत स्कूलका शिक्षक कर्मचारीले र्याली गरेका छन् ।

इटहरीको बसपार्क हुदै नागरिक चोकसम्म पुगेर पुन आफ्नै स्कूल भवन भिन्न प्रतिभा बालबालिका हेरचाह समुहमै गएर र्याली टुंगीएको थियो । सो स्कुलले यहि अवसरमा आफ्नो प्रथम बार्षिकोत्सब समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता इटहरी वडा नम्बर ९ अध्यक्ष श्री भुपेन्द्र बरालले गर्नुभएकाे थियाे । कार्यक्रममा इटहरी उप महानगरपालिकाका सामाजिक साखा प्रमुख कुमारी राईको पनि उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अथितिले स्कूलको बार्षिक उत्सवको बधाई तथा शुभकामना ब्यक्त गर्दै उक्त अटिजम भएका पिडित बालबालिकाहरु सबैलाइ सरकारले समेट्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमलाई हेरचाह समुहका उपाध्यक्ष प्रकाश गौतमले संचालन गर्नुभएकाे थियाे ।

संसारमा अटिजमको लक्षण भएका बालबच्चाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ । यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्यानमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्‍याउनु कहिले आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेकाहि जवरजस्ति प्रतिकार गर्ने गर्छन् ।

received 510862850635157 received 3181311642110600

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका