ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवकको मृत्यु • Nepal's Trusted Digital Newspaperताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवकको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवकको मृत्यु

  • समाचारपाटी
  • आइतवार, चैत्र २०, २०७८
ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवकको मृत्यु

विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा  २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । मुकेश पालिकास्तरीय भलिबल खेलाडी पनि हुनुहुन्थ्याे ।

चट्याङ लागेपछि उहाँलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका