११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaper११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४२ जना संक्रिय संक्रमित

११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४२ जना संक्रिय संक्रमित

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ४२ जना संक्रिय संक्रमित

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ हजार २ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोनाबाट निको भएका छन् भने हाल ९ सय ४२ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ९ सय  ९३ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ३ हजार ३ सय ६० जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका