मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी • Nepal's Trusted Digital Newspaperमादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी

मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी

पोखरा । मादी गाउँपालिका प्रमुख पदका लागि अटेरी उम्मेदवारी परेको छ । २४ वर्षिय सुनिल ढकालले अध्यक्ष पदका लागि अटेरी उम्मेदवारी दिनुभएकाे हाे ।

पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियान पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरुआत गर्नुभएकाे थियाे । हाल देशभर २ सय बढीको अटेरी उम्मेदवारी परि सकेको छ ।

कास्की वडा प्रमुखमा उम्मेदवारी परे पनि ४ गाउँपालिकामध्ये मादी गाउँपालिका प्रमुखमा पहिलो उम्मेदवारी परेको हो । स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित सुरुआत भएको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा लागेको छ ।

पोखराका विभिन्न वडामा अभियानका अभियन्ताहरु छलफलका लागि जुटी रहेका छन् । आउँदो २६ गते अटेरी अभियानका अभियन्ताहरुको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रम रहेको अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका