फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperफिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थिका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थिका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना विद्यार्थिलाई ध्यान दिनु पर्ने बिषयका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

सो अवसरमा विद्यार्थिमा शारीरिक वृद्धि बिकासको अवस्था आइपर्ने , विभिन्न समस्या र समस्या समाधानका बिधिका बारेमा बिद्यालयका मिडल स्कुल को अर्डिनेटर कमल लामिछाने , प्राचार्य डा त्रिदेब उपाध्यायले अभिमुखिकरण गर्नुभएकाे थियाे।

कार्यक्रममा विद्यार्थिको चारित्रीक तथा मानसिक विकासमा अभिभावकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनिहरुलाई सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखिकरण आयोजना गरिएको विद्यालयका सस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनुभयाे।

अभिभावकिय भुमिका कलात्मक हुनुपर्ने भन्दै उहाँले विद्यार्थिको सर्बाङ्गिण बिकासका हेतु विद्यालय र अभिभावकको संयोजनकारी भुमिका नै आवश्यक भएकाे उल्लेख गर्नुभयाे।

सो अबसरमा उक्त विद्यालयका संस्थापक उपाध्यक्ष अन्जु बस्नेत रानाभाट, निर्देशक एरिका रानाभाट , निर्देशक एलिश रानाभाट,
प्रसासन प्रमुख अग्नि सिवाकोटि  लगायत अभिभावकहरुले सफल अभिभावकिय भुमिकाको बारेमा चर्चा गर्नुभएकाे थियाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका