नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु • Nepal's Trusted Digital Newspaperनेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गर्नुभएकाे छ।

बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ।

वार्तापश्चात प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्दैहुनुहुन्छ। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लाग्नुभएकाे हाे।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गर्नुभएकाे छ। उहाँले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताउनुभएकाे छ। प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विश्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका