नेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर • Nepal's Trusted Digital Newspaperनेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर

नेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
नेपाल र भारत बीच को छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ ।  नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। केही समय अगाडि हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गर्नुभएकाे छ।

भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका