प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता सुरु • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता सुरु

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता सुरु

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता सुरु

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता सुरु भएको हो ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ । यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका