पोखरामा १५ औं संस्करणको बिटी कप सुरु • Nepal's Trusted Digital Newspaperपोखरामा १५ औं संस्करणको बिटी कप सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा १५ औं संस्करणको बिटी कप सुरु

पोखरामा १५ औं संस्करणको बिटी कप सुरु

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
पोखरामा १५ औं संस्करणको बिटी कप सुरु

पोखरा । पोखरामा १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । बुद्धटोल क्बलको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा सशत्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा नारायण गोपाल एजुकेशन प्रालिले जित निकालेको छ। आयोजक टिम निलोलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै नारायण गोपाल एजुकेशन प्रालि दोस्रो चरणमा प्रबेश गर्यो । नारायण गोपालको जितमा सुमित श्रेष्ठले निर्णायक गोल गर्नुभयाे ।

यसैगरी दोस्रो खेलमा मानारथा चर्च ब्याईजलाई बाझापाटन क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो । क्लबका अध्यक्ष विजया गुरुङका अनुसार नंयागल्ली एफसी र ट्रेजर एफसी बिच भएको अन्तिम खेल गोलरहित भएपछी ट्राईबेकरमा नंयागल्लीले २–१ गोल
अन्तरले पराजित गर्यो ।

आगामी २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको अध्यक्ष गुरुङले बताउनुभयाे । गुरुङका अनुसार प्रतियोगिताको विजेताले शिल्ड,मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताउनुभयाे ।

उहाँका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उहाँले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिनुभयाे ।

यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई सम्मान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका