पोखरा । ”घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेपाली काँग्रेस गण्डकी प्रदेशले प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी खटाईएका प्रतिनिधिहरु ले प्रतिवेदन बुझाउन थालेका छन ।
गण्डकी प्रदेशका ११ जिल्ला अन्तरगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी ७२ जना प्रदेश सदस्यहरुलाई निर्वाचन क्षेत्रमा खटाईएको थियो । खटिएका सवै प्रतिनिधिहरुले सम्वन्धित प्रदेश सभामा गएर कार्यकर्ता र जनतालाई प्रदेशको सन्देश दिनुभएकाे थियाे ।
स्याङजा २ खमा प्रतिनिध भएर जानु भएका सकुन्तला शर्माले घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पाटीको उत्साह थपिएको बताउनुभयाे ।
प्रतिवेदन बुझदै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उमेदवार छनोट गर्नका लागि प्रतिबेदन सहयोगी हुने बताउनुभयाे । केन्द्रले स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र मेयर र उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन आएको उहाँको भनाई छ ।
प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रि किरण वावु श्रेष्ठले अर्का महामन्त्रि विष्णु लामिछानेले पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको वताउनुभयाे । प्रतिनिधिहरुले चैत्र ५ देखि खट्नुभएकाे थियाे ।