स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण • Nepal's Trusted Digital Newspaperस्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण

स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण

बाग्लुङ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बाग्लुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षेत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गर्नुभएकाे हाे ।

स्वर्गिय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनिय क्षती व्योहोरेको बताउनुभएकाे छ । उहाँले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट आफु प्रभावित भएको समेत उहाँले उल्लेख गर्नुभयाे । स्वर्गिय थापाका अधुरा सपनाहरु पुरा गर्न बगाले थापा क्षत्री समाज धौलागिरीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँको भनाई रहेकाे छ ।

थापाका प्रकाशित तथा अप्रकाशित लेख, हाल सम्मका उपलव्धी तथा उहाँले सामाजिक क्षेत्रमा गरेको योगदान समेटिएको प्रेम स्मृतिग्रन्थ पुस्तक थापाका बुबा तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिन बहादुर थापाको सम्पादनमा तयार पारिएको थियो । छोराले सामाजिक क्षेत्रमा देखाएको लगावलाई मध्यनजर गर्दै सम्झना स्वरुप पुस्तकमा विषयवस्तु समेटेर तयार पारिएको प्रा.डा. थापाको भनाई छ ।

१२७ पृष्ठको प्रेमस्मृति ग्रन्थमा थापाको सामाजिक काम, अध्ययन, सरकारी सेवा तथा शुभचिन्तकहरुको लेख रचना समावेश गरिएको छ । थापाको परिवारले स्वर्गिय थापाको स्मरणका लागि दीर्घकालिन रुपमा पुस्तक प्रकाशन गर्ने समेत योजना बनाएको थापाका दाजु नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले जानकारी दिनुभयाे । स्वर्गिय थापाको परिवारले उहाँको सम्झनामा सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटमा नगद रु २५ हजारको अक्षयकोष स्थापना गरेको छ ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्ययले थापाको प्रेम स्मृति ग्रन्थका विषयमा बोल्नुभएकाे थियाे । कार्यक्रम सातसय बगाले थापा समाजका सदस्य क्याप्टेन दुर्गा बहादुर थापाको अध्यक्षता र केन्द्रिय प्रतिनिधी थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

सानो उमेरमा नै हेप्पी कल्व पोखरा, युवा रेडक्रस सर्कल विद्यामन्दिर मा वि, नेपाल जियोमेटिक्स ईन्जिनियरिङ सोसाईटी, बगाले थापा क्षत्री समाज फाउण्डेशन नेपाल लगायतमा आवद्व रहनुभएका स्वर्गिय थापा विभिन्न विधाबाट सम्मानित समेत हुनुभएकाे थियाे ।

नेपाल सरकारको नापी निरिक्षक जियोमेटिक्स ईन्जिनियरको रुपमा कार्यरत थापाको गत वर्ष चैत १७ गते २६ वर्षको उमेरमा निधन भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका