बाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperबाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • बाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

बाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • शनिबार, चैत्र १९, २०७८
बाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीमा भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका