थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaperथप २२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २२ जना संक्रिय संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २२ जना संक्रिय संक्रमित

थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २२ जना संक्रिय संक्रमित

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २२ जना संक्रिय संक्रमित

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गर्दा १६ जना र १ हजार ३ सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७५ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार ५ सय  ४३ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ३ हजार ८ सय ३५ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका