लुम्विनी प्रदेशमा पहिलोपटक बाँकेको राप्ती नदी (कुसुम–अगैया) मा जलयात्रा सुरु भएको छ। जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार शुभारम्भ गर्नुभएकाे छ।
जलयात्रा सफल भएको र अब यसलाई व्यवसायिक बनाइने मन्त्री चौधरीले बताउनुभयाे। उहाँले प्रदेशका ५ स्थानमा जलयात्रा सन्चालन गरिने बताउनुभयाे।
सोहि योजना अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि साहसिक जलयात्रा (र्याफ्टिङ) सञ्चालनमा आएको हो।
राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएकाे छ ।