पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गर्नुभएकाे छ ।
पूर्व खेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रेहेकी पेम्बाले आफुले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गर्नुभएकाे हाे ।
उहाँले यस रकमबाट बार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक बर्ष महिला दिवश (मार्च ८) का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाउनुभएकाे छ ।
यसका लागि उहाँले एक छनौट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाउनुभएकाे छ । यसरी सम्मान गर्नुको मुख्य उद्धेश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पुर्याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताउनुभयाे ।
उहाँले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराउनुभयाे । दुई दशक देखि फुटबलमा सक्रिय उहाँ सहायक रेफ्री र रेफ्रि ईन्स्ट्रक्टर समेत रहिसक्नुभएकाे छ ।