रुसको पेट्रोल डिपोमा युक्रेनी हेलिकप्टरले गर्याे आक्रमण • Nepal's Trusted Digital Newspaperरुसको पेट्रोल डिपोमा युक्रेनी हेलिकप्टरले गर्याे आक्रमण • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • रुसको पेट्रोल डिपोमा युक्रेनी हेलिकप्टरले गर्याे आक्रमण

रुसको पेट्रोल डिपोमा युक्रेनी हेलिकप्टरले गर्याे आक्रमण

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
रुसको पेट्रोल डिपोमा युक्रेनी हेलिकप्टरले गर्याे आक्रमण

युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी सहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताउनुभएकाे छ।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेख्नुभएकाे छ, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरी हवाई हमला गरेका थिए। हमलाबाट पेट्रोल डिपोमा आगो लागेको छ।’

आगलागीका कारण दुई कर्मचारी घाइते भएका उहाँले अर्को पोस्टमा उल्लेख गर्नुभएकाे छ। रुसको आपतकालीन मन्त्रालयका अनुसार करिब १७० जना आगो निभाउने प्रयासमा लागेका छन्। यस सुविधाको स्वामित्वमा रहेको रोजनेफ्टले रुसी समाचार एजेन्सीहरूलाई उक्त परिसरबाट कर्मचारीहरूलाई बाहिर निकालेको बताउनुभयाे।

बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिएको थियो तर अधिकारीहरूले विस्फोटको कुनै स्पष्टीकरण दिएका थिएनन्।

बेल्गोरोड युक्रेनसँगको रुसको सिमानाबाट करिब ४० किलोमिटर (२५ माइल) र युक्रेनी सहर खार्किभबाट करिब ८० किलोमिटरको दुरीमा अवस्थित छ।

द मस्को टाइम्स

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका