नेपाल सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८ सय ले बढेर रु ९९ हजार ७ सय तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २ सय पुगेकाे छ। यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ४ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनकाे मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३ सय ६० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ३६ डलर आसपास कारोबार भइरहेको छ।