प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदै • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदै

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदै

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत जाँदै हुनुहुन्छ । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लाग्नुभएकाे हाे ।

उहाँ भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ । उहाँ चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्ने व्यवस्था  मिलाइएको छ  प्रधानमन्त्री शेरबहादुर देउवा त्यही हाेटलमा बस्नुहुनेछ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बस्नुभएकाे थियाे ।

प्रधानमन्त्री देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्नुहुनेछ । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा जानुहुनेछ ।

भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेर दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनुहुने भएकाे छ ।

शनिबारको दिन बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्नुहुनेछ । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्नुहुनेछ । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ । शनिबारको दिन दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।

संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने र बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुनेछ । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

देउवा भाजपाको केन्द्रीय कार्यालयमा जाने र बनारस पुगेर उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका