टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु, पाँच जना घाइते • Nepal's Trusted Digital Newspaperटिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु, पाँच जना घाइते • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु, पाँच जना घाइते

टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु, पाँच जना घाइते

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु, पाँच जना घाइते

सप्तरी । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे । घाइते हुनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको डीएसपी काफ्लेले बताउनुभयाे ।

दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते हुनुभएकाे छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको जनाएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका