नारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने • Nepal's Trusted Digital Newspaperनारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने

नारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने

  • समाचारपाटी
  • शुक्रबार, चैत्र १८, २०७८
नारायणस्थानमा रामनवमीको अवसरमा श्रीराम कथामृत प्रवचन हुने

पोखरा । रामनवमी महापर्व–२०७८ को अवसरमा संगीमय श्रीराम कथामृत हुने भएको छ । हिमालय सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति पाेखरा नदिपुरमा हुने श्रीराम कथामृत चैत १९ गते देखि शुरु भइ २७ गते सम्म चल्ने कार्यक्रम संयोजक भोला बरालले जानकारी दिनुभयाे ।

अनन्तश्री विभूषित जगतगुरु रामनन्दाचार्य सद्गुरुदेवको सानिध्यमा भक्तमाला, श्रीरामचरितमानसको नेपाली, अग्रेजी, हिन्दी भाषाकी प्रवाचिका आञ्जनेय युवा क्लबकी अध्यक्ष चन्द्रकला सखीको मुखारविन्दुबाट तथा शास्त्रीय संगीतका आचार्य शिवराज पौडेल र आञ्जनेय युवा क्लबका कालाकारको संगितीक प्रस्तुतीमा श्रीराम कथामृत हुने उहाँले जानकारी दिनुभयाे ।

प्रत्येक दिन विहान ७ वजे देखि १० वजे सम्म संगीतमय श्रीराम चरितमानस पाठपरायण, विहान ११ वजे देखि १ वजे सम्म प्रसाद र दिउसो २ वजे देखि ५ वजे सम्म श्रीराम चरितमानस कथा प्रवाचन हुने छ ।

सम्पूर्ण आपद–विपद हरण गरी समस्त प्रकारको सुख ऐश्वर्य प्रदान गर्ने साथै आयु आरोग्य तथा मित्रहरु बृद्धि गर्ने उद्देश्यले यो प्रवचन आयोजना गरिएको बरालले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका