स्याङ्गजा । वैशाख ३० गते हुन लागेकाे स्थानिय तहकाे निर्वाचनकाे लागि देशभर विभिन्न पार्टीहरूले आ आफ्नाे पार्टीका कर्याकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम गर्दै आइरहेकाे छन् ।
त्यस्तै ”घर घर जाऔँ काँग्रेस जिताऔँ” अभियानमा लागेकाे नेपाली काँग्रेसले पनि पार्टी प्रवेश कार्यक्रमलाई तिव्र गतिमा अगाडि बढाइरहेकाे छ ।
स्याङ्गजाकाे नेपाली काँग्रेस फेदीखोला गाउँपालिकाले गरेकाे वडा स्तरिय टाेल भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजनामा विहिबार नेपाली काँग्रेस फेदीखोलाले कर्याकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रममा १०० भन्दा धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । ३० बर्ष भन्दा लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले मा रहि फेदीखोला गाविस अध्यक्ष, हुदै हाल नेपाल कम्युनिष्ट पार्टी, एमाले को जिल्ला सदस्य समेत रहनुभएका स्याङ्गजा फेदिखोलाका लक्ष्मीप्रसाद बराल (बद्री) नेपाल कम्युनिष्ट पार्टी त्यागी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । साथै चर्चित समाजसेवी सोवित बहादुर कार्की पनि कांग्रेसमा प्रवेश गर्नुभएकाे छ ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहनुभएका बराललाई नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदिप पौडेल, नेपाली कांग्रेस स्याङ्गजाका सभापति एवं संविधान सभा सदस्य राजु थापा लगायतले माला अबिर लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले एमालेले विगतमा गरेका कामबाट आजित भएर नेता, कार्यकर्ताहरु कांग्रेस पार्टीमा प्रवेश गर्ने लहर चलेको र अब देशलाई कांग्रेसले मात्र निकास दिन सक्ने बताउनुभयाे ।
नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले नेपाली कांग्रेसले स्थानीय तहमा सञ्चालन गरेको ”घर घर जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत पालिकाहरुका वडा वडामा शशक्त कार्यक्रम भइरहेको र स्याङ्गजाका ११ स्थनिय तह जित को नजिक भएको बताउनुभयाे ।
कार्यक्रममा सभापति महेन्द्र थापा, अग्रज नेता तारापति सूवेदी, जिल्लाका उप-सभापति केदार कफ्ले, महासमिति सदस्य गोविन्द रानाभाट, जिल्ला प्रवक्ता भरत लम्साल , अनुप क्षेष्ठ , महाधिवेशन प्रतिनिधि देवेन्द्र गुरुङ , गण्डकी प्रदेश सदस्य देवी कार्की अधिकारी , कुम बहादुर गुरुङ लगायतका नेताहरूको उपस्थित रहेकाे थियो ।
कार्यक्रम सञ्चालन नेपाली काँग्रेस फेदिखोला गाउँपालिका सचिव हिक्मत जंग कार्की गर्नुभएको थियो ।