देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्वाचन आयोग निर्णय • Nepal's Trusted Digital Newspaperदेशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्वाचन आयोग निर्णय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्वाचन आयोग निर्णय

देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्वाचन आयोग निर्णय

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्वाचन आयोग निर्णय

काठमाडौं । निर्वाचन आयोगले देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएकाे छ।

सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको छ, ‘सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्णय भएको छ। त्यसका लागि सबै स्थानी तहहरुसँग समन्वय गर्ने काम भइरहेको छ,’प्रवक्ता पौडेलले सञ्चारकर्मीमाझ भन्नुभयाे।

त्यस्तै मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रले प्राविधिक तयारी गरिरहेको र निर्वाचन आयोगका आयुक्तहरु बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा पुगेर निरीक्षण गरेको प्रवक्ता  पौडेलले बताउनुभयाे।

केन्द्रले भोलिसम्म नमुना मतपत्र छाप्ने र त्यसको आधारमा मतपत्रलाई परिमार्जन गर्नुपरे गरेर पर्सीबाट मतपत्र छपाइ गर्ने उहाँले बताउनुभयाे।प्रवक्ता पौडेलका अनुसार हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइने छ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइने छ। वैशाख १६ पछि मतपत्र जिल्लामा पठाइने आयोगले जनाएको छ। दुर्गम क्षेत्रमा भने हेलकोप्टरमार्फत् मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका