काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८९ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार ८१ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६० हजार २६० जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ९ सय ५१ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।