काठमाडौं । तीव्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिनुभएकाे छ । कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी विरुद्ध पहिलो विकेट लिएपछि करणले ५० विकेटको कोशेढुंगा पूरा गर्नुभएकाे हाे ।
करणले पहिलो ओभरको चौथो बलमा लेगा सिएकालाई आसिफ शेखबाट क्याचआउट गराउँदै करियरको ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिनुभएकाे हाे । उहाँले ३६ खेल खेल्दै यो उपलब्धी हासिल गर्नुभयाे । करण नेपालबाट टी-२० मा ५० विकेट लिने दोस्रो बलर हुनुहुन्छ ।
यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरिसक्नुभएकाे छ । सन्दीपले नेपालका लागि सर्वाधिक ६७ टी-२० अन्तर्राष्ट्रिय विकेट लिनुभएकाे छ ।