‘एक्लै पनि हामी २०० पालिका जित्छौं,वाम पार्टीमा हामी पहिलो हुन्छौं':वर्षमान पुन • Nepal's Trusted Digital Newspaper‘एक्लै पनि हामी २०० पालिका जित्छौं,वाम पार्टीमा हामी पहिलो हुन्छौं':वर्षमान पुन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एक्लै पनि हामी २०० पालिका जित्छौं,वाम पार्टीमा हामी पहिलो हुन्छौं’:वर्षमान पुन

‘एक्लै पनि हामी २०० पालिका जित्छौं,वाम पार्टीमा हामी पहिलो हुन्छौं’:वर्षमान पुन

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
‘एक्लै पनि हामी २०० पालिका जित्छौं,वाम पार्टीमा हामी पहिलो हुन्छौं’:वर्षमान पुन

काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताउनुभएकाे छ ।

बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गर्नुभयाे ।

‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ’ उहाँले भन्नुभयाे, ‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उहाँले भन्नुभयाे ।

स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दावी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’ उहाँले भन्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका