“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा • Nepal's Trusted Digital Newspaper“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • “केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा

“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा

काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ ।

हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो । गीतको बोल “शिरको फुल” रहेको छ । गीत सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रियाहरु पाएको छ। श्रोता तथा दर्शकको मायाले आफुलाई हौसला मिलेको उहाँको भनाई छ ।

गीतमा रेश्मा पुनको स्वर रहेको छ भने लेखु सहयात्रीले शब्द रहेकाे छ । उक्त गितमा करणराज कार्कीको संगीत रहेको छ । मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ ।

यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत, मलाई घाम जुन नि चाहिदैंन्,म त पानी बादलु लगायतका थुप्रै गीतहरु चर्चामा रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका