विश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला • Nepal's Trusted Digital Newspaperविश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

विश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

  • समाचारपाटी
  • बिहिबार, चैत्र १७, २०७८
विश्व इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

आज ३१ मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः 

ब्राजिलका सैनिक तानाशाह
सन् १९६४ मा  कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोकोे शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।

अमेरिकामा डीएसटी सुरु
सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो । अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन् ।  डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो ।

इफेल टावर खुला
सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो । सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका