थप २६ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaperथप २६ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप २६ जनामा कोरोना संक्रमण पुष्टि

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार १४६ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ७२ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार १ सय ९२ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका