पोखरा महानगरपालिका वडा १० र वडा २८ मा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा महानगरपालिका वडा १० र वडा २८ मा अटेरी उम्मेदवार घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा महानगरपालिका वडा १० र वडा २८ मा अटेरी उम्मेदवार घोषणा

पोखरा महानगरपालिका वडा १० र वडा २८ मा अटेरी उम्मेदवार घोषणा

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
पोखरा महानगरपालिका वडा १० र वडा २८ मा अटेरी उम्मेदवार घोषणा

पोखरा । आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।

पोखरा महानगरपालिका वडा १० र वडा २८ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा भएको हो । पोखरा १० को वडाध्यक्षमा सोहल खान र  वडा २८ बाट प्रदीप अधिकारीले अटेरी उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।

स्थानीय तह दलरहित बनाउने उद्देश्यसहित पोखराका गनेस पौडेलले पोखरा महामनगरको मेयर पदमा उम्मेदवारी दिनुभएकाे थियाे । उहाँले अभियानको सुरआत गरेसँगै हाल यो अभियान देशव्यापी बनेको छ ।

अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले पोखराबाट अटेरी उम्मेदवारी सार्वजनिक गर्ने उम्मेदवारले २६ गते पत्रकार सम्मेलन गरेर अभियानबारे जानकारी दिने बताउनुभयाे । अहिले अटेरी अभियानले चुनाव लक्षित छलफललाई ब्यापक बनाउँदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका