सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्रिपरमा तोडफोड • Nepal's Trusted Digital Newspaperसुन्दरीजलमा टिप्परको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्रिपरमा तोडफोड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्रिपरमा तोडफोड

सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्रिपरमा तोडफोड

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्रिपरमा तोडफोड

काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा दुई विद्यार्थीकै घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते हुनुभएकाे छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका