नयाँ राष्ट्रिय समितिकाे अध्यक्षमा संदिप न्यौपाने
पोखरा । डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट संदिप न्यौपानेको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति चयन भएको हो ।
नयाँ समितिको उपाध्यक्षमा प्रदिप शर्मा बराल, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, महासचिवमा प्रविन पाठक र कोषाध्यक्षमा रुदिना भट्टराई चयन हुनुभएकाे छ ।
त्यस्तै सदस्यमा शिव पराजुली, सरोज गुरागाँई, आशिष न्यौपाने चयन हुनुभएकाे छ । समितिका अन्य सदस्यहरु पछि मनोनित गरिने डिपिएलले जनाएको छ । त्यसैगरि अधिवेशनले कानुनी सल्लाहकारमा राजिब खनाललाई चयन गरेको छ ।
यसअघि भएको कार्यक्रमको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक अभियन्ता कर्ण शाक्य, महेश दाहाल, सुभाष चन्द्र भट्टराई, मानवअधिकारकर्मी मुस्कान खातुन, डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
डिपिएल २०२१ का अध्यक्ष बिनोद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममो स्वागत मन्तव्य डिपिएल युथ बोर्ड गण्डकीका अध्यक्ष बसन्त गिरीले राख्नुभएकाे थियाे । त्यस्तै कार्यक्रमको सञ्चालन सुशिल नेपालीले गर्नुभएकाे थियाे ।
डिपिएल नेपाल पूर्वी नेपाल झापाको दमक नगरपालिकामा ९ वर्ष अघि स्थापना भएको संस्था हो । हाल यस संस्थामा नेपालभरि ७ हजार सदस्य रहेका छन् । डिपिएलले उद्यमशिलता, बहस, कला, साहित्य, लेखनशिप, वक्तित्वकला, नेतृत्व विकास, शिप विकासजस्ता कार्यक्रमबाट नेपालभरि युवा वर्गलाई लाभ दिइरहेको छ ।