जन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग • Nepal's Trusted Digital Newspaperजन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग

जन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
जन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग

काठमाडौं । पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाउनुभएकाे छ । उहाँले स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनुभएकाे छ । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि यो आश्रम सञ्चालन गर्दैै आउनुभएकाे छ ।

help 1

संगीतकार बजगाईंले त्यहाँ रहेको १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री प्रदान गर्नुभएकाे छ । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उहाँले जन्म दिन मनाउनुभएकाे हाे ।

सो क्रममा संगीतकार राजेन्द्रले भन्नुभयाे,‘बिगतमा जन्म दिन त धेरै पटक मनाईयो । तर आज आएर यी भाई बहिनीमाझ आफ्नो जन्म दिन मनाउन पाउँदा फरक अनुभव भएको छ र अबका दिनमा पनि यिनै भाई बहिनीहरुलाई सेवा गर्दै जन्म दिन मनाउने छु ।’ आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएकाे छ ।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयाे । यसरी कलाकार तथा सँगीतकर्मी र शुभचिन्तकको सहयोगले आफुले १६ जना बालबालिकालाई पाल्न सफल हुँदै आएको पनि उहाँले बताउनुभयाे ।

संगीतकार राजेन्द्रको जन्म दिन मनाउन आश्रम पुग्नुभएका अर्का गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरुको स्कुल शुल्कको लागि भनेर ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका