'गठबन्धन भनेको एक-एक किलोका ढक हुन्, पाँच वटा गठबन्धनले के गर्छ' :-ओली • Nepal's Trusted Digital Newspaper'गठबन्धन भनेको एक-एक किलोका ढक हुन्, पाँच वटा गठबन्धनले के गर्छ' :-ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गठबन्धन भनेको एक-एक किलोका ढक हुन्, पाँच वटा गठबन्धनले के गर्छ’ :-ओली

‘गठबन्धन भनेको एक-एक किलोका ढक हुन्, पाँच वटा गठबन्धनले के गर्छ’ :-ओली

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
‘गठबन्धन भनेको एक-एक किलोका ढक हुन्, पाँच वटा गठबन्धनले के गर्छ’ :-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मत लिएर विजयी हुने बताउनुभएकाे छ। भक्तपुरमा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई गठबन्धनले प्रभाव नपार्ने भन्दै अत्यधिक मतका साथ विजयी हुने बताउनुभएकाे हाे।

उहाँले भन्नुभयाे, ‘यदी एउटा तराजुमा एक-एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो। अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन भनेको एक-एक किलोका ढक हुन्। त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’

ओलीले भने,‘गठबन्धन सक्छन् भने गरुन्। लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला। गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन भनेर निर्वाचन आयोगले पनि दुई दिनको समय छुट्याएको छ।’

उहाँले राजनीतिमा छक्याउने काम भएको भन्दै अन्त नअलमलिइ एमालेमा आउन अनुरोध गर्नुभयाे। आफ्नै पालामा देश बनाउन बताउनुभयाे। ओलीले भन्नुभयाे,‘गठबन्धन गरे पनि एमालेसँग सकिंदैन भनेर बुझ्न बाँकी छ। गठबन्धन गरे पनि उहाँहरु एमालेसँग लड्न सक्नुहुन्न।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका