चर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत ‘रुप अनेक’मा १५० ड्रेस प्रयोग • Nepal's Trusted Digital Newspaperचर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत ‘रुप अनेक’मा १५० ड्रेस प्रयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत ‘रुप अनेक’मा १५० ड्रेस प्रयोग

चर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत ‘रुप अनेक’मा १५० ड्रेस प्रयोग

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
चर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत ‘रुप अनेक’मा १५० ड्रेस प्रयोग

काठमाडौँ । नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ । सधै फरक काम रुचाउने गीतकार डा. डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गर्नुभएकाे हाे । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।
स्वर तथा संगीत सागर अधिकारी ‘सरद’को रहेको छ। गीतको एरेन्ज देबेन्द्र नेवाले गर्नुभएकाे  हाे ।

गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा प्रतिमा बिष्टसँग गीतकार उपाध्ययले नै फिचड गर्नुभएकाे छ । उमेरले जवानी पार गरिसकेका गीतकार उपाध्यय पछिल्लो समय लगातार रोमान्टिक गीतमा माेडलकाे रूपमा  देखिदै आउनुभएकाे छ ।

माइकल स्टेपको निर्देशन रहेको भिडियो मोडलिङमा कलाकारले १५० ड्रेस प्रयोग गरेका छन् । सम्भवत यति धेरै पहिरन प्रयोग गरेर म्युजिक भिडियो बनेको यो नै नेपालमा पहिलो हो । केही अलग काम गर्ने सोचले उपन्यासको नामबाट गीत र भिडियोमा १५० ड्रेस प्रयोग गरिएको गीतकार डिआरले बताउनुभयाे । गीतको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ ।

2 3 4 2 5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका