'काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक':-दाहाल • Nepal's Trusted Digital Newspaper'काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक':-दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक’:-दाहाल

‘काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक’:-दाहाल

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
‘काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक’:-दाहाल

अनिल ढकाल, भरतपुर । चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुमा आफूहरुको दावी रहेको बताउनुभएकाे छ। बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दावी रहने बताउनुभएकाे हाे।

चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताउनुभयाे। काँग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उहाँको भनाइ रहेकाे छ।

‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ, ’ उहाँले भन्नुभयाे, ‘भोलि हामी गठबन्धनको बैठक बस्दैछौं। संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं। तालमेलकै निर्णय हुन्छ। भरतपुर चितवनमा हाम्रो दावी छँदैछ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका