पाेखरा । मौसममा आएको खराबीका कारण जिल्ला कास्कीको पोखरा विमानस्थल र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ ।
बिहानैदेखि मौसम धुम्मिएकाे पानि परेकाे कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण पाेखरा तथा देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभएकाे छ ।